Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै

दैनिकी न्यूज

४, फाल्गुण २०७८
आज प्रतिनिधि सभाको बैठक बस्दै
images

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको हो ।

उक्त बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल गर्ने तयारी भइरहेको छ । तर, हिजो संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी उल्लेख छैन् ।

प्रतिनिधि सभाको बैठक बस्नु अघि नै बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकपछि एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने थाहा हुने स्रोतको दाबी छ ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्ने प्रस्ताव गरेको छ । अन्य सरकारमा सहभागी दलका नेताबीच पनि एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबुल गर्ने समझदारी बनेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १०:२२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology