Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यसरी भयो इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट

यसरी भयो इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट

दैनिकी न्यूज

४, फाल्गुण २०७८
यसरी भयो इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट
images

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले कार्निभल रेष्ट्रो,अनामनगरमा बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

कुल आवेदक मध्ये २ हजार ५५२ जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार २३ लाख २८ हजार २०६ जनाको योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता शेयर माग गरेको छ । यो कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयरको ५१.१५ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाद्वारा न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार कम्पनीको आईपीओमा आवेदन गर्ने योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले न्युनतम १० कित्ताको दरले ५ लाख १६ हजार ७०० कित्ता शेयर वितरण गरेको हो ।

यसरी वितरण गरेर बाँकी रहेको ८ कित्ता शेयर भने पुनः सोही मध्येबाट २० कित्ता भन्दा बढी आवेदन दिने ८ जनालाई एक एक कित्ताको दरले बाँडफाँट गरिएको हो । त्यस अनुसार अधिकतम शेयर पाउने आवेदकले ११ कित्ता सम्म शेयर पाएका छन् ।

कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १५:५७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology