Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमा

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमा

दैनिकी न्यूज

५, फाल्गुण २०७८
प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमा
images

काठमाडौँ । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकमा दलहरु आ–आफ्नै अडानमा रहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

एमसिसी संसदमा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग कुरा मिल्न नसकेपछि कांग्रेस सभापतिसमेत रहेका देउवा बैठकबाट उठेर सिधै ओलीसँग कुरा गर्न पुगेका हुन्।

सत्ता गठबन्धनको बैठकमा दलहरुले आ–आफ्नै अडान व्यक्त गरेका छन्।

अहिले देउवा र ओलीबीच बालकोटमा कुराकानी भइहरको छ।

माओवादी र समाजवादीको अडानले गठबन्धन धरापमा परेको छ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - २१:१९:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology