काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते आइतबार बस्ने गरी स्थगित गरिएको छ । आगामी आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।
शुक्रबारको बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जानजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
बैठकमा एमालेले नाराबाजी गर्दै संसद्मा विरोध गरेका थिए । बैठकमा एमसीसी कार्यसूचीमा थिएन ।