Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर महानगरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइँदै

ललितपुर महानगरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइँदै

दैनिकी न्यूज

९, फाल्गुण २०७८
ललितपुर महानगरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइँदै
images

ललितपुर । ललितपुर महानगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बुस्टर डोज खोप लगाइँदै छ ।

महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई सोमबार र मंगलबार बुस्टर डोज खोप लगाउन लागिएको महानगरपालिकाले जनाएको छ ।

खोप १८ वर्षभन्दा माथिकालाई लगाइने छ । यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउनक लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७८ सोमवार - ०७:१३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology