Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

ललितपुर महानगरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइँदै

ललितपुर महानगरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइँदै

दैनिकी न्यूज

९, फाल्गुण २०७८
ललितपुर महानगरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइँदै
images

ललितपुर । ललितपुर महानगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बुस्टर डोज खोप लगाइँदै छ ।

महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई सोमबार र मंगलबार बुस्टर डोज खोप लगाउन लागिएको महानगरपालिकाले जनाएको छ ।

खोप १८ वर्षभन्दा माथिकालाई लगाइने छ । यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउनक लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७८ सोमवार - ०७:१३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology