Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको एन्फा चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यू

ललितपुरको एन्फा चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यू

दैनिकी न्यूज

१०, फाल्गुण २०७८
ललितपुरको एन्फा चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यू
images

काठमाडौं । ललितपुरमा भएको दुर्घटनामा एक जनाको मृत्यू भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. १५ एन्फा चोक नजिकै बिहान पौने ४ बजे डेलिभरी भ्यान दुर्घटना हुँदा त्यसमा रहेका महाङ्काल गाउँपालिका वडा नं. ३ गोटीखेलका ६६ वर्षका सन्तप्रसाद तिमल्सिनाको मृत्यू भएको प्रहरीले जनाएको छ।

प्रदेश नम्बर ३–०१०२४ च ४१४७ नम्बरको भ्यान अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार भ्यानका चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्र सातदोबाटोले बताएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७८ मंगलवार - ११:२६:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology