काठमाडौं । नवलपरासी (पूर्व), देवचुली नगरपालिका वडा नं. ३ घुमाउने भिर बस्ने ५१ वर्षीय सूर्य बहादुर फाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
पक्राउ परेका ६ जना उपर जुवाऐन कसुमा काननुी कारवाही एवं थप अनसुन्धान जारी रहेको जिल्ला प्हरी कर्याालय नवलपरासी (पूर्व) प्रवक्ता, डीएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।