Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

बैंकिङ कसूर गरेको आरोपमा अभियुक्त पक्राउ

बैंकिङ कसूर गरेको आरोपमा अभियुक्त पक्राउ

दैनिकी न्यूज

१०, फाल्गुण २०७८
बैंकिङ कसूर गरेको आरोपमा अभियुक्त पक्राउ
images

काठमाडौं । प्रहरीले २२ लाख रुपैयाँ जरिवाना ठहर गरेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख रुपैयाँ जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमवारपक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तले आफ्नो एनआईसी बैंक लिमिटेड मनमैजु शाखाको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंकिङ कसूर गरेकाले अभियुक्तलाई काठमाडौंको नपालटारबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्तलाई फैसला कार्यान्वयनको लागि मंगलवार जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७८ मंगलवार - २१:०६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology