Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सहकारीमा ठगी गरेको आरोपमा २ जना पक्राउ

सहकारीमा ठगी गरेको आरोपमा २ जना पक्राउ

दैनिकी न्यूज

११, फाल्गुण २०७८
सहकारीमा ठगी गरेको आरोपमा २ जना पक्राउ
images

काठमाडौं । प्रहरीले सहकारीमा ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ। काठमाडौंको पुरानो बानेश्वर स्थित भरोसा नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका संचालक समितिका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको हो।

उक्त सहकारीका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई काठमाडौंको अनामनगर र पकनाजोलबाट प्रहरीले पक्राउ गरेको हो । १५ जना निक्षेपकर्ताले बचत गरेको ६ करोड २५ लाख बराबरको रकम दुरुपयोग गरेको तथा भुक्तानी रकम फिर्ता माग्दा सहकारी संस्थामा ताला लगाई फरार रहेको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई सहकारी ठगी कार्यमा संलग्न रहेको भन्ने जाहेरीका आधारमा गत फागुन ४ गते पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाईएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - १६:११:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology