काठमाडौं । आज संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बस्ने आजको संसद बैठकमा एमसीसीबारे छलफल सुरु हुनेछ ।
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा आज छलफल गर्ने कार्यसूची रहेको छ।
सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार आजको बैठकमा एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
संसद् सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको थियो ।
यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने कार्यसूची राखिएको छ।