काठमाडौं । सोमबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । आज नेप्से ४३ दशमलव १० अंकले घटेर २६१०.६० विन्दुमा आइपुगेको छ । आज २२७ कम्पनीको ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँ बराबरको ७८ लाख ३४ हजार ९१५ कित्ता सेयर किनबेच भएको छ ।
नेप्सेका १३ उपसमूह राताम्मै भएको छ। जसमा सबै भन्दाबढी जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार भएका २२७ कम्पनीमध्ये जम्मा २० कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
सोमबार अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर झन्डै १५ करोड र हिमालयन डिस्ट्रलरी १३ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।
उच्च अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । तेह्रथुम पावर र सामलिङ पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।
त्यसैगरी, दिव्यश्वरी हाइड्रोपावर ८.५५, मैलुङखोला र न्यादी हाइड्रोपावर साढे ६, घलेम्दी, शिवश्री हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।
त्यस्तै, युनाइटेड इदी मर्दी, लिबर्टी इनर्जी र रुरु जलविद्युत्को सेयर मूल्य ५ प्रतिशतले घटेको छ भने एक्सल डेभलपमेन्ट बैंक, रसुवागढी, नेशनल हाइड्रो, राष्ट्रिय बीमा कम्प्नीसहित १ दर्जन कम्पनीको मूल्य ४ प्रतिशतले घटेको छ ।