काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोट विरुद्ध महाअभियोग प्रस्ताव आउन सक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरिएको एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताए।
“सभामुखमाथि महाअभियोग ल्याउन सकिन्छ । नल्याउन पनि सकिन्छ,” उनले भने, “उनले राजीनामा नगरे ल्याउन सकिन्छ । उहाँको राजीनामा पर्खिरहका छौँ । संसद्ले निष्कासन गर्ने अवस्था नआओस् भन्ने छ । हामी अवस्था हेरेर विचार गर्छौँ ।”
एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई निष्कासन गर्न माग गर्दै २३ भदौदेखि संसदमा नाराबाजी गर्दै आएको छ । १४ जनालाई निष्कासन नगरे सभामुखले राजीनामा दिनुपर्ने उसको अडान छ ।