Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जुवातास खेल्ने २५ जुवाडे ललितपुरको वचुहाइटबाट पक्राउ

जुवातास खेल्ने २५ जुवाडे ललितपुरको वचुहाइटबाट पक्राउ

दैनिकी न्यूज

१८, फाल्गुण २०७८
जुवातास खेल्ने २५ जुवाडे ललितपुरको वचुहाइटबाट पक्राउ
images

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, वचुहाइटमा विनोद कुमार श्रेष्ठले संचालन गरेको ओचु व्याडमिण्टन क्लबको घरभित्र अवैद्य रुपमा जुवातास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रामेछाप उमाकुण्ड–३ घरभई ललितपुर जिल्लाको महालक्ष्मी–४ ओचो बस्ने बर्ष ५२ को युवराज बस्नेत, ललितपुरको धापाखेल बस्ने बर्ष ४२ को आशिस परियार, ललितपुरको ओचो बस्ने बर्ष ६३ को बिनोद केसी, जिल्ला पर्सा ठोरी–४ घर भएका ४३ को पञ्च बहादुर कालिकोटे, महालक्ष्मी, ओचो बस्ने बर्ष ३६ को दिपेश केसी, भोजपुर घर भई ललितपुर बस्ने बर्ष ४२ को सुजन उदास ललितपुर ओचो बस्ने बर्ष ४८ को बिनोद कुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै महालक्ष्मी–४ ओचो बस्ने बर्ष ४८ को राधेश्याम श्रेष्ठ, मकवानपुर घर भई ओचो बस्ने बर्ष ३२ लिला बहादुर मगर, धुलिखेल–९ घर भई ओचो बस्ने बर्ष ४७ को हेम लाल खड्गी, रामेछाप घर भई जिल्ला ओचो बस्ने बर्ष ३५ को निरोज तामाङ, भिम्लु–८ काभ्रे घर ओचो बस्ने बर्ष ३९ को राजकुमार रिजाल , महालक्ष्मी–८ बस्ने बर्ष ४० को हरि बहादुर खड्का, संखुवासभा घर भई हाल ओचो बस्ने बर्ष ३२ को साजन राई , ओचो बस्ने बर्ष ४८ को बिन्देश खड्का, रामेछाप घर भई हाल ओचो बस्ने बर्ष ३३ को बिक्रम कुमार बस्नेत रहेका छन् ।

सिन्धुपाल्चोक घरभई हाल ललितपुर–२४ बस्ने बर्ष ३६ को कुल बहादुर तामाङ, रौतहट घर भई हाल ग्वार्को बस्ने बर्ष ३९ को शत्रुधन खाँ, महालक्ष्मी–२ इमाडोल बस्ने बर्ष ५३ को खडानन्द तिमिल्सिना, सिन्धुपाल्चोक घर भई हाल लुभु बस्ने बर्ष ३१ को बिरु बोहरा, सिन्धुली घर भई हाल इमाडोल बस्ने बर्ष ४८ को केदार नेपाल, गोदावरी–११ ललितपुर बस्ने बर्ष ३० को सागर महर्जन, ईमाडोल बस्ने बर्ष २७ को आशुतोष के.सी., बर्ष ३० को दिनेश खत्री र मोरङ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी–१ इमाडोल बस्ने बर्ष ५२ को मनोज कुमार दा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४ लाख २९ हजार ५९० रुपैयाँ नगद र जुवातास खेल्न प्रयोग गरेको ३० बुक तास (१५६० पत्ती) समेत बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - १०:२७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology