Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जसपाको विधान महाधिवेशन असार १ र २ गते हुने

जसपाको विधान महाधिवेशन असार १ र २ गते हुने

दैनिकी न्यूज

१८, फाल्गुण २०७८
जसपाको विधान महाधिवेशन असार १ र २ गते हुने
images

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आउँदो असारमा विधान महाधिवेशन गर्ने भएको छ।

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्‍ने निर्णयसमेत गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई छन् भने केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव छन्।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - १४:३१:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology