Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सभामुख सापकोटाविरुद्ध फैलाइएको भ्रम पुष्टि गर्न एमालेलाई सचिवालयको चुनौती

सभामुख सापकोटाविरुद्ध फैलाइएको भ्रम पुष्टि गर्न एमालेलाई सचिवालयको चुनौती

दैनिकी न्यूज

१८, फाल्गुण २०७८
सभामुख सापकोटाविरुद्ध फैलाइएको भ्रम पुष्टि गर्न एमालेलाई सचिवालयको चुनौती
images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सभामुखको सचिवालयले खण्डन गरेको छ। पार्टीको नाम उल्लेख नगरी सचिवालयले यसको पुष्टि गर्न चुनौती पनि दिएको छ।

सभामुख सापकोटाको सचिवालयले आज प्रेस नोट निकालेर राजनीतिक पूर्वाग्रहबाट प्रेरित कुप्रचार नगर्न पनि आग्रह गरेको छ ।

सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाइ गलत भाष्य निर्माण गर्न खोजिएकोतर्फ सचिवालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानुनले ताकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका सभामुखविरुद्ध कपोलकल्पित एवम् भ्रमपूर्ण वियाको उठान र दुष्प्रचार खेदजनक छ । उहाँले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

एमालेले एमसीसीलगायतका विषयमा स्पष्ट पार्न हिजो मङ्गलवार निकालेको वक्तव्यमा सभामुखमाथि विभिन्न लाल्छना लगाएको थियो । सभामुखले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्नसमेत सचिवालयले चुनौती दिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - १५:०८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology