Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद पुनः थपियो

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद पुनः थपियो

दैनिकी न्यूज

१९, फाल्गुण २०७८
बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद पुनः थपियो
images

काठमाडौं । बलेफी हाइड्रोले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले यस अघि छिटोमा फागुन १९ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ । आईपिओमा पर्याप्त आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको हो ।

यसअघि यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन १२ गते हुने भनिएको छ। तर, मागबमोजिम आवेदन नपरेपछि यो आईपीओमा फागुन १९ गतेसम्म आवेदन दिने म्याद थप गरिएको थियो।

कम्पनीले माघ २७ गतेदेखि पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २, ३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ गाबिस) का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। आईपीओमा सिन्धुपाल्चोकस्थित कुमारी बैंक (जलविरे शाखा), एनसीसी बैंक (ढाँडे शाखा), ग्लोबल आईएमई बैंक (चौतारा शाखा), लक्ष्मी बैंक (चौतारा शाखा) र लक्ष्मी बैंक (खाँडीचौर शाखा) बाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।

स्थानीयलाई निष्काशन गरिने शेयर पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने छ ।

नेपाल धितोपत्र बोर्डले माघ ९ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - ०८:५३:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology