Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दैनिकी न्यूज

२०, फाल्गुण २०७८
ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
images

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।कम्पनीले गत फागुन २ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा आवेदन खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

कम्पनीले जारी पुँजी ३ अर्ब १२ करोड रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आयोजना प्रभावित ओखलढुंगा र रामेछापका स्थानीयका लागि निष्कासन गरेको छ। यो आईपीओमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा लिखु गाउँपालिका वडा नंं ९ का स्थानीय र रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आवेदन रामेछापको मन्थलीस्थित लक्ष्मी बैंक र मेगा बैंक र लिखुस्थित नेपाल इन्भेस्टमेन्ट बैंक तथा खिजिदेम्बास्थित मेगा बैंकबाट आवेदन दिन सकिनेछ।

पहिलो चरणमा स्थानीयलाई आईपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पुँजी ३ अर्ब १२ करोड रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता निष्कासन गर्नेछ।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो। 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - ०८:३७:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology