ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पालिकास्तरिय कार्यालय स्थापना भएको छ। पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्लाका इन्चार्ज हरि दाहालले शनिबार कोन्ज्योसोम गाउँपालिकाको चौघरेमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै दाहालले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहेको बताए। कार्यक्रममा दाहालसहित प्रदेश कमिटि सदस्य तथा ललितपुर जिल्ला संयोजक शिव प्रसाद कट्टेल, गंगा पराजुली, गोपीलाल सिंतान लगायतको उपस्थिति रहेको थियो।
कार्यालय स्थापनासंगै पार्टी संगठनका गतिविधि र सांगठनिक काम कारवाहीमा सहज हुने विश्वास लिइएको माओवादी केन्द्र ललितपुर जिल्लाका संयोजक कट्टेलको भनाइ छ ।

