Logo

आइतवार, श्रावण २४ गते २०८३

images

स्थानीय चुनावः आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा माग्यो

स्थानीय चुनावः आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा माग्यो

दैनिकी न्यूज

२३, फाल्गुण २०७८
स्थानीय चुनावः आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा माग्यो
images

काठमाडौं । पछिल्लो दुई दशकमा भएका करिब आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर पछिल्ला चुनावहरूमा भने सुरक्षा निकायको खर्च धेरै प्रतिशतले बढेको छ। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि पनि आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा मागेको छ।

अर्थ मन्त्रालयले आयोगलाई दिन ८ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। सुरक्षा निकायहरूले सुरुमा २० अर्ब रुपैयाँभन्दा बढी बजेट मागेकोमा अहिले १६ अर्ब चाहिने बताउँदै आएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग निर्वाचनमा जोडिन्छन् । यीमध्ये सबैभन्दा बढी बजेट नेपाल प्रहरीले मागेको हो।


नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले निर्वाचनमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको बजेट धेरै हुनु स्वाभाविक भएको बताए। ुएक लाख म्यादी प्रहरीका लागि मात्र ४ अर्ब रुपैयाँ लाग्छ,ु प्रवक्ता केसीले भने । सुरक्षा निकायले १६ अर्ब रुपैयाँ माग गरे पनि कति बजेट दिने भन्नेमा अर्थ मन्त्रालय अझै टुङ्गोमा पुगेको छैन। आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - ०६:४८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology