Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको कोन्ज्योसोममा एकै घरका ५ जनाको मृत्यू

ललितपुरको कोन्ज्योसोममा एकै घरका ५ जनाको मृत्यू

दैनिकी न्यूज

२३, फाल्गुण २०७८
ललितपुरको कोन्ज्योसोममा एकै घरका ५ जनाको मृत्यू
images

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. ४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन्। प्रहरीका अनुसार ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । एक जना घाइते छन्।

नल्लु निवासी काइली स्याङतानको घरमा उक्त घटना भएको हो।

महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी द्वारिका घिमिरेको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेको छ । घाइतेको उपचार पाटन हस्पिटलमा भैरहेको छ ।

मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २२ वर्षीया सुष्मा स्याङतान, ९ वर्षीय आशिष स्याङतान, ५ वर्षीय आष्मा स्याङतान र २ दिनको शिशु सुभाष स्याङतान छन् । सुभाषको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो ।

आशिष, आश्मा र सुभास मृतक सुष्माका छोराछोरी हुन् । उनका श्रीमान् २३ वर्षीय सुयास स्याङतान घाइते छन् । काइली, सुयासकी आमा हुन् । उनीहरुको मृत्युको कारण खुलेको छैन। प्रहरीले शवलाई पोस्टमार्टम तयारी गरिएको छ।

घटना अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट टोली खटिएको छ।

 

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - ११:४६:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology