Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एक जनाको मृत्यू

एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एक जनाको मृत्यू

दैनिकी न्यूज

२४, फाल्गुण २०७८
एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एक जनाको मृत्यू
images

काठमाडौं । नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति साढे ९ बजेतिर एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर भएका मानिसहरु विष सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

त्यहाँबाट उद्दार गरेर अस्पताल ल्याउँदै गर्दा एक जनाको बाटैमा मृत्यु भएको र अन्य चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

मृत्यु हुनेमा ३३ वर्षीय सुर्णणमान प्रधान रहेका छन्। त्यस्तै अचेत अवस्थामा रहेका ६२ वर्षीया ईन्द्रमाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान, र ११ वर्षीया सुप्रिया प्रधान छन्।

घटनाबारे प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ ।

यसअघि हिजो ललितपुरको कोञ्ज्योसोम गाउँपालिका वडा नं. ४ नल्लुमा पनि एकै परिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए । कोइला बालेर सुतेका उनीहरुको निसासिएर मृत्यू भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - ०८:३४:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology