Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दोलखामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु, चार घाइते

दोलखामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु, चार घाइते

दैनिकी न्यूज

२६, फाल्गुण २०७८
दोलखामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु, चार घाइते
images

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

गैरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना ६त २७७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दुर्घटनामा परी सोही वडा निवासी १५ वर्षीय ङाङ्छुङ शेर्पा, २१ वर्षीय आङ्फुर्वा शेर्पा, ५० वर्षीय पछिरी शेर्पा, १७ वर्षीय र आङ्टोपे शेर्पा घाइते भएको दोलखा प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।

घाइतेमध्ये १५ वर्षीय ङाङ्छुङ शेर्पाको निधारमा चोट लागेको कारण सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको छ भने अन्य बिरामीको सिंगटी अस्पतालमा उपचार भइरहेको छ ।

गाउँपालिका वडा नं ४ गोर्पाङबाट ढुंगा लिएर झ्याकु जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई करिब २०० मिटर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - ०७:०७:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology