Logo

आइतवार, श्रावण २४ गते २०८३

images

स्थानीय चुनावका लागि साढे १३ अर्ब विनियोजन

स्थानीय चुनावका लागि साढे १३ अर्ब विनियोजन

दैनिकी न्यूज

१, चैत्र २०७८
स्थानीय चुनावका लागि साढे १३ अर्ब विनियोजन
images

काठमाडौं । अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बजेट विनियोजन गरेको छ । मन्त्रालयका प्रवक्ता ढुुण्डीप्रसाद निरौलाका अनुसार मन्त्रालयले गृह मन्त्रालयका लागि ६ अर्ब २९ करोड, निर्वाचन आयोगका लागि ८ अर्ब ११ करोड तथा राष्ट्रिय अनुसन्धान विभागका लागि ३ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । सेनाका लागि भने बजेट विनियोजन भइनसकेको उनले बताए ।

“१४ अर्ब ४३ करोड रुपैयाँ विनियोजन भइसकेको छ । सेनाका लागि कति छुट्याउने भन्ने विषय छलफलकै क्रममा छ । एक–दुई दिनमा टुंगो लाग्छ,” उनले भने । उनका अनुसार स्थानीय तहको निर्वाचनका लागि २० अर्ब बराबरको बजेट विनियोजन हुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि छुट्टै बजेट भने विनियोजन गरेको थिएन ।

तर, निर्वाचनका लागि विविध शीर्षकमा भएको बजेटले धान्ने अवस्था भए सोहीबाट अन्यथा अन्य शीर्षकबाट रकमान्तर गर्नुपर्ने अवस्था रहेको निरौलाले बताए ।

सरकारले वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - ०८:२९:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology