Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

दैनिकी न्यूज

१, चैत्र २०७८
संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
images

काठमाडौं । सरकारले चालू संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो। भदौ २३ गतेदेखि सुरु भएको संसद्को दशौँ अधिवेशन नेकपा (एमाले) को अवरोधका कारण अवरुद्ध हुँदै आएको छ।

दशौँ अधिवेशनबाट एमसिसी सम्झौता अनुमोदन भएको छ भने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ। नागरिकतालगायत विधेयकमाथि भने संसदमा छलफल हुन सकेको छैन।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने स‌ंवैधानिक व्यवस्था छ ।

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - १९:५३:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology