Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगीका उजुरी बढ्दै

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगीका उजुरी बढ्दै

दैनिकी न्यूज

४, चैत्र २०७८
वैदेशिक रोजगारीमा व्यक्तिगत ठगीका उजुरी बढ्दै
images

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विगत ८ महिनामा लगभग २३ करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको छ । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको फागुनसम्ममा चार सय उजुरीमा २३ करोड २२ लाख ४५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी संख्या भने १ सय १४ वटाभन्दा बढी रहेको विभागले जनाएको छ । गत वर्ष ठगिएको जनाउँदै २ सय ५० वटा उजुरी परेकोमा चालू आवमा सो बढेर चार सय पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए । चालू आवको आठ महिनामध्ये असोजबाट व्यक्तिगत ठगीका उजुरी बढेको पाइएको छ ।

फागुनसम्म २३ करोड रुपैयाँको दाबी गर्दै उजुरी परेका ४५ वटा मुद्दा अदालतमा दायर भएकोमा अदालतले ६५ करोड ८५ लाख ८ हजार ६ सय ८७ रुपैयाँ बराबर बिगो दाबी कायम गरेको छ । यो अवधिमा ७३ उजुरीमा मिलापत्र हुँदा ४५ करोड ९५ लाख ५१ हजार ६ सय ९५ युवाले पैसा फिर्ता पाएका छन् । विभागले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढेको जनाएको छ ।

सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाई दिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञको भनाइ छ ।

सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भए पनि चालू आर्थिक वर्षको आठ महिनामा व्यक्तिगत दाबी रकम ६ लाख रुपैयाँ बढेको उजुरी विभागमा दर्ता भएको छ । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :चैत्र ४, २०७८ शुक्रवार - ०९:११:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology