काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको मिति तोकेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले वैशाख ११ र १२ गते विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको मिति तोकेको हो । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गनुपर्नेछ ।
उम्मेदवारको विरोधमा वैशाख १३ गते उजुरी दिन सकिनेछ । बैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने मिति तोकिएको छ ।
वैशाख १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र १६ गते नाम फिर्ताको समय दिईएको छ । आयोगले १६ गते साँझ अन्तिम नामावली प्रकाशन गरी १७ गते चुनाव चिह्न प्रदान गर्नेछ ।