Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मोरङको लेटाङमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

मोरङको लेटाङमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

दैनिकी न्यूज

७, चैत्र २०७८
मोरङको लेटाङमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
images

मोरङ । मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ। विद्यार्थीमाथि यौन दुर्व्यवहार घटनासँगै भएको झडपमा एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जानकारी दिए ।

आइतबार भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरेको र अहिले अवस्था सामान्य नै रहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । प्रजिअ दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नं. ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरगी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु लगाइएको छ ।

घटनामा एक महिला प्रहरी जवानको निधन हुनुका साथै करिब २८ जना घाइते भएको छ ।

लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको भन्दै विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो।

सोही तनाव नियन्त्रणका लागि खटिएको प्रहरी टोलीलाई आक्रोशित स्थानीयको भीडले आक्रमण गरेको हो।

images
प्रकाशित मिति :चैत्र ७, २०७८ सोमवार - ०७:२९:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology