Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आगामी वर्ष तीनै तहको निर्वाचन

आगामी वर्ष तीनै तहको निर्वाचन

दैनिकी न्यूज

८, चैत्र २०७८
आगामी वर्ष तीनै तहको निर्वाचन
images

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आवधिक निर्वाचनमा नेपालका अधिकांश राजनीतिक दलको सहभागिताले लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणमा थप टेवा पुग्ने बताएका छन् ।

नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलले सोमबार मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री बडूले वैशाख ३० गते सम्पन्न हुनेगरी स्थानीय तहको निर्वाचन तय भइसकेको र एक वर्षभित्र प्रदेश तथा सङ्घीय निर्वाचन गर्न सरकार लागिरहेको बताए ।

नर्वेका राजदूत ड्रम्डलले सबै नागरिकको न्यायमा सहज पहुँच, लोकतन्त्र र सुशासन नेपाल र नर्वेका समान प्राथमिकताका विषय भएकाले यस क्षेत्रमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :चैत्र ८, २०७८ मंगलवार - ०७:०३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology