Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्से लगातार दोहोरो अंकले बढ्यो

नेप्से लगातार दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

८, चैत्र २०७८
नेप्से लगातार दोहोरो अंकले बढ्यो
images

काठमाडौं । सेयर बजार लागातार दोहोरो अंकले बढेको छ । सोमबार १८ अंकले बढेको नेप्सेले आज पनि दोहोरो अंकले बढेको हो ।

सूचकमा बढोत्तरी आए पनि कारोबार रकममा भने झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोडले घटेर साढे २ अर्बमा सीमित भएको छ ।

मंगलबार सेयर बजार मापक सूचक नेप्से १६.०४ अंकले बढेर २६५०.७० विन्दुमा पुगेको छ । यसदिन २३५ कम्पनीको २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको ५३ लाख २९ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स, हाइड्रोपावर र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ ।

कारोबार भएका २३५ कम्पनीमध्ये १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको घटेको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज प्रभु इन्स्योरेन्सको सार्वाधिक कारोबार भएको छ । यसको १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यसैगरी, नेपाल टेलिकम साढे १० करोड र शिवम् सिमेन्६ साढे ८ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज इमर्जिङ नेपालको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी,राष्ट्र उत्थान लघुवित्त ६.०९, नेपाल लाइफ इन्स्योरेन्स ५.१८, समता घरेलु लघुवित्त ४.७७, एनएमबी हाइब्रीड फण्ड २.७६, विशाल बजार २.७५, ग्रीन डेभलपमेन्ट बैंक २.५९, मितेरी डेभलपमेन्ट बैंक २.५४, सांग्रिला डेभलपमेन्ट बैंक २.४४, ग्रामीण विकास लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य २ प्रतिशतले बढेको छ । 

images
प्रकाशित मिति :चैत्र ८, २०७८ मंगलवार - १७:५६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology