Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सङ्क्रमण घटेसँगै खोप लगाउने घट्दै

सङ्क्रमण घटेसँगै खोप लगाउने घट्दै

दैनिकी न्यूज

१३, चैत्र २०७८
सङ्क्रमण घटेसँगै खोप लगाउने घट्दै
images

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् ।

सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सबै मतदाताले पूर्ण खोप लगाउनुपर्ने बताएको थियो । हाल लक्षित जनसङ्ख्याको ८१।८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ९३.२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

नेपालमा कोरोनाको दोस्रो भेरियन्ट आइसकेपछि खोप लगाउने मानिसको भीड बढेको थियो । खोप लगाउन पहुँच आवश्यक हुने अवस्थासमेत थियो । तर, अहिले खोप केन्द्रमा खोप लगाउन मानिस खासै जाँदैनन् । अधिकांश खोप केन्द्र खाली देखिने गरेका छन् । केही हप्ताअघिसम्म टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने मानिस दैनिक हजारौँ सङ्ख्यामा हुन्थे । भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे पर्थ्यो । अब टेकु अस्पतालमा खोप लगाउन जाँदा लाम लाग्नपर्दैन ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - ०६:३४:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology