Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्से ४१.४३ अंकले घट्यो

नेप्से ४१.४३ अंकले घट्यो

दैनिकी न्यूज

१३, चैत्र २०७८
नेप्से ४१.४३ अंकले घट्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से ४१.४३ अंकले घटेर दुई हजार ५ सय ७२ दशमलब २३ विन्दुमा रोकिएको हो । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.५५ अंकले घटेर ४७९.३९ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका ८९ लाख २३ हजार १४ कित्ता सेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ रुपैयाँमा किनबेच भएका छन्।

आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३ सय रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ९०१।४० रुपैयाँ पुगेको छ । त्यस्तै, इमर्जिङ नेपालको शेयरमूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ८३६।७० रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९।३३ प्रतिशतले बढेर प्रतिकित्ता ६५६ रुपैयाँ र जनरल इन्स्योरेन्स कम्पनीको ९।६५ प्रतिशतले बढेर प्रतिकित्ता ६५८ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज मल्टी पर्पोज फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनिीको भएको छ । यस कम्पनीको आज २७ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - १६:४०:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology