Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी, प्रचण्डको असन्तुष्टि

लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी, प्रचण्डको असन्तुष्टि

दैनिकी न्यूज

१४, चैत्र २०७८
लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी, प्रचण्डको असन्तुष्टि
images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्। प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन्। यसबीच उनीहरुबीच निरन्तर सम्बादसमेत भइरहेको छ।

बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको छ। भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेको स्रोतको भनाइ छ। 'प्रधानमन्त्री र ठाकुरबीच दिउँसो सरकारमा सहभागी हुने विषयमा छलफल भयो। छलफलमा अध्यक्ष ठाकुरले चार मन्त्रालय दाबी गर्नुभएको छ,' स्रोतले भन्यो। प्रधानमन्त्री देउवाले दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन चाहेको बालुवाटार स्रोतको दाबी छ।

लोसपा नेता डा. सुरेन्द्र झाले पनि सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग महन्थ ठाकुरले निरन्तर सम्वाद गरिरहेको बताए। त्यसका लागि लोसपाले आफ्ना सर्तहरु अगाडि सारेको उनले बताए। हो, सरकारमा सहभागी हुनेबारे अध्यक्षजी र प्रधानमन्त्रीजीबीच सम्वाद भइरहेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - ०६:२६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology