Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोभिडको राहत रकम हिनामिना

कोभिडको राहत रकम हिनामिना

दैनिकी न्यूज

१६, चैत्र २०७८
कोभिडको राहत रकम हिनामिना
images

काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ। अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए।

कोभिड प्रभावित विपन्न परिवारका लागि राहत बाँड्न केन्द्र सरकारले रकम पठाएको थियो। त्यसबारे बुझ्न अख्तियारको क्षेत्रीय कार्यालयबाट मंगलबार प्रहरी नायव उपरीक्षक गणेश बरालको नेतृत्व टोली खटिएको हो। उक्त टोली अनुदान दुरुपयोगसम्बन्धी कागजात र फाइल नियन्त्रणमा लिएर साँझ फर्किएको सूचना अधिकारी सापकोटाले बताए। प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा बिदामा बसेको जानकारी पाएपछि शिक्षा, स्वास्थ्य र लेखा शाखाका प्रमुखहरूसँग सोधपुछ गरिएको उनको भनाइ छ।


गाउँपालिकाबाट रकम वितरण गरिएको भनेर तयार पारिएको बिल भर्पाई, भौचरका साथै अन्य कागजात र फाइल नियन्त्रणमा लिएर आएको उनले बताए। भने, ुअब यी सबै कागजातबारे अनुसन्धान हुन्छ । त्यसपछि आवश्यकताअनुसार प्रक्रिया अघि बढाइन्छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - ०६:५९:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology