Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

न्यौपानेलाई इच्छुक पत्रकारिता पुरस्कार

न्यौपानेलाई इच्छुक पत्रकारिता पुरस्कार

दैनिकी न्यूज

१७, चैत्र २०७८
न्यौपानेलाई इच्छुक पत्रकारिता पुरस्कार
images

 काठमाडौं । जपक्षीय पत्रकार नबराज न्यौपाने कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालकोे २४औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रूपमा बीमापोष्ट डटकमका सम्पादक न्यौपानेलाई इच्छुक स्मृति पुरस्कार प्रदान गरेका हुन् । २५ हजार नगद राशी रहेको पुरस्कारबाट सम्मानित न्यौपानेलाई  जनपक्षिय पत्रकारितामार्फत योगदान पुयाएवापत सम्मान गरिएको क्लवले जनाएको छ । २०५७ सालमा सिटी टाईम्स सन्ध्याकालिन दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका न्यौपाने महिमा साप्ताहिक, दृष्टि साप्ताहिक, जनसमाज दैनिक, आर्थिक दैनिकलगायतका पत्रिकामा काम गरिसकेका छन् । हाल बीमापोष्ट डटकम अनलाईन कार्यरत न्यौपाने मुलुकमा १० वर्षसम्म चलेको जनयुद्धमा अप्रत्यक्ष रुपमा संलग्न रहेका थिए । २०६२ सालमा चैत्रमा सिन्धुपाल्चोकको ठोकर्पामा तत्कालिन शाही नेपाली सेनाले गरेको हवाई आक्रमणमा बचेर उम्केका पत्रकार हुन् । आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर न्यौपाने पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमका संयोजक समेत हुन् ।

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - २२:४१:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology