Logo

आइतवार, श्रावण २४ गते २०८३

images

स्थानीय तह निर्वाचन : मतपत्र छपाइ शुरू

स्थानीय तह निर्वाचन : मतपत्र छपाइ शुरू

दैनिकी न्यूज

१८, चैत्र २०७८
स्थानीय तह निर्वाचन : मतपत्र छपाइ शुरू
images

काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ को मतपत्र छपाइ शुरू भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार नै नमुना मतपत्र छपाइ सकिने र शुक्रबारदेखि मतदानमा प्रयोग हुने मतपत्र छाप्न सुरु हुने जानकारी दिए ।

मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिने नमुना मतपत्र बिहीबारसम्म एक लाख ८० हजारप्रति छापिनेछ । आयोगले २०७९ वैशाख ३० गते हुने मतदानका लागि जगेडासहित करिब दुई करोड मतपत्र छाप्ने जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - ०७:३८:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology