Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आजदेखि पेट्रोलियम पदार्थ सहज रुपमा पाइने

आजदेखि पेट्रोलियम पदार्थ सहज रुपमा पाइने

दैनिकी न्यूज

२०, चैत्र २०७८
आजदेखि पेट्रोलियम पदार्थ सहज रुपमा पाइने
images

काठमाडौं । पेट्रोलियम व्यवसायीहरूले आजदेखि गर्ने भनिएको देशव्यापी आन्दोलन फिर्ता लिएपछि पेट्रोलियम पदार्थ सहज रुपमा पाइने भएको छ ।

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको छ ।

निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो ।

नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुशकुमार मल्लीका अनुसार आन्दोलनरत पक्ष निगमसँगको वार्ताबाट सकारात्मक निष्कर्ष आएकाले आन्दोलन फिर्ता भएको बताए । 

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - ०६:२७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology