काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा आज ३०.८९ अंकले नेप्से परिसूचक २ हजार ५१३.४१ को विन्दुमा आएर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४४ अंकले घटेर ४६९.०३ को विन्दुमा आएर बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहमा रातो पोतिएको छ भने एउटा समूह स्थिर रहेको छ। यो दिन अन्य समूह सर्वाधिक ३.१३ प्रतिशतले घटेको छ । जीवन बीमा समूह १.५२ प्रतिशत, बैंकिङ समूह ०.५१ प्रतिशत, व्यापार समूह १.१९ प्रतिशत, होटेल तथा पर्यटन समूह ०.७७ प्रतिशत, विकास बैंक समूह १.२७ प्रतिशत, जलविद्युत समूह १.३१ प्रतिशत, वित्त समूह १.५१ प्रतिशत, निर्जीवन बीमा समूह १.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.८४ प्रतिशत, लघुवित्त समूह १.३७ प्रतिशत र लगानी समूह १४२ प्रतिशतले घटेको छ । तर म्युचुअल फन्ड समूह स्थिर रहेको छ।
यो दिन सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक ९ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सिद्धार्थ इन्स्योरेन्सको ५ करोड १ लाख, नबिल बैंकको ४ करोड २४ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ११ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड ८७ लाख, युनियन लाइफ इन्स्योरेन्सको ३ करोड १८ लाख, युनाइटेड इदी मर्दीको ३ करोड ११ लाख, निफ्राको ३ करोड रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ९३ लाख र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो।
यो दिन युनाइटेड इदी मर्दी र सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेका छन्।