Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल १६० रुपैयाँ पुग्यो

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल १६० रुपैयाँ पुग्यो

दैनिकी न्यूज

२३, चैत्र २०७८
फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल १६० रुपैयाँ पुग्यो
images

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ ।

यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।
यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको भाउ प्रति सिलिण्डरमा २५ रुपैयाँले बढाएको छ । भाउ बढेसँगै ग्याउको भाउ प्रति सिलिण्डर १६०० पुगेृको छ ।

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ०६:२५:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology