ललितपुर । ललितपुर जिल्लाको माहालक्ष्मी नगरपालिका वडा नं. ८ लुभु बिष्णुडोलस्थित सडकमा बा. १६ च ३६८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री रामेछाप मन्थली नगरपालिका–९ घर भई ललितपुर लुभु बस्ने बिमला पुरीको छोरा २ वर्षीय आर्यन पुरीको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।