Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहिबार नेप्से दोहोरो अंकले बढ्यो

बिहिबार नेप्से दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

२४, चैत्र २०७८
बिहिबार नेप्से दोहोरो अंकले बढ्यो
images

काठमाडौं । लामो समयदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ । आज नेप्से ३५.६६ अंकले बढेर दुई हजार ४ सय ६४ दशमलब ३१ विन्दुमा पुगेको हो । बुधबार नेप्से २३.३२ अंकले घटेर दुई हजार ४ सय २८ दशमलब ७५ विन्दुमा बन्द भएको थियो । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.१३ अंकले बढेर ४६३.७३ को विन्दुमा पुगेको छ।

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँमा किनबेच भएका छन्।

आज कारोबार भएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुइ कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७०० रुपैयाँ पुगेको छ भने हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ७।७१ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ७ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १६:०८:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology