Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

भरतपुर महानगर प्रमुखमा कांग्रेसले दाबी नछाड्ने

भरतपुर महानगर प्रमुखमा कांग्रेसले दाबी नछाड्ने

दैनिकी न्यूज

२५, चैत्र २०७८
भरतपुर महानगर प्रमुखमा कांग्रेसले दाबी नछाड्ने
images

चितवन । भरतपुर महानगरको नगर प्रमुख पद नछाड्ने अडान कार्यान्वयन गर्न नेपाली काँग्रेस चितवनले दबाब दिएको छ ।

चुनावी तालमेलमा फेरि पनि नेकपा माओवादी केन्द्रको भागमा भरतपुर महानगरको प्रमुख नदिन जिल्लाका नेताहरू शीर्षनेतालाई भेटघाटका लागि काठमाडौँ पुगेका छन् ।

जिल्ला सभापति, केन्द्रीय सदस्यहरूसहितले बिहीबार सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत रहनुभएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आफ्ना अडान राखेका छन् ।

स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा भरतपुर काँग्रेसले पाउनुपर्ने भन्दै कुनै पनि हालतमा छाड्न नसकिने जिल्ला पूर्वसभापति जितनारायण श्रेष्ठले बताए । वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको प्रमुख काँग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुुरा सुनाएको नेता श्रेष्ठले जानकारी दिए ।

“नेता पौडेलले यसलाई गम्भीर रूपमा लिएको छु भन्नुभएको छ, चितवनको सन्दर्भमा धेरै जानकारी पनि राख्छु र यसलाई अन्य दलसँग पनि परामर्श गर्छु । पार्टी सभापतिसँग पनि परामर्श गर्छु भन्नुभएको छ,” श्रेष्ठले भने । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - ०७:२८:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology