Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भरतपुर महानगर प्रमुखमा कांग्रेसले दाबी नछाड्ने

भरतपुर महानगर प्रमुखमा कांग्रेसले दाबी नछाड्ने

दैनिकी न्यूज

२५, चैत्र २०७८
भरतपुर महानगर प्रमुखमा कांग्रेसले दाबी नछाड्ने
images

चितवन । भरतपुर महानगरको नगर प्रमुख पद नछाड्ने अडान कार्यान्वयन गर्न नेपाली काँग्रेस चितवनले दबाब दिएको छ ।

चुनावी तालमेलमा फेरि पनि नेकपा माओवादी केन्द्रको भागमा भरतपुर महानगरको प्रमुख नदिन जिल्लाका नेताहरू शीर्षनेतालाई भेटघाटका लागि काठमाडौँ पुगेका छन् ।

जिल्ला सभापति, केन्द्रीय सदस्यहरूसहितले बिहीबार सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत रहनुभएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आफ्ना अडान राखेका छन् ।

स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा भरतपुर काँग्रेसले पाउनुपर्ने भन्दै कुनै पनि हालतमा छाड्न नसकिने जिल्ला पूर्वसभापति जितनारायण श्रेष्ठले बताए । वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको प्रमुख काँग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुुरा सुनाएको नेता श्रेष्ठले जानकारी दिए ।

“नेता पौडेलले यसलाई गम्भीर रूपमा लिएको छु भन्नुभएको छ, चितवनको सन्दर्भमा धेरै जानकारी पनि राख्छु र यसलाई अन्य दलसँग पनि परामर्श गर्छु । पार्टी सभापतिसँग पनि परामर्श गर्छु भन्नुभएको छ,” श्रेष्ठले भने । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - ०७:२८:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology