Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यू

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यू

दैनिकी न्यूज

२७, चैत्र २०७८
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यू
images

दाङ । दाङको घोराहीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यू भएको छ । दुई जना घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा परि १९ वर्षीय रोहन हमाल र १६ वर्षीया सविना हमाल घाइते भएका हुन् ।

उनीहरुको घोराहीमा उपचार भइरहेको छ । रोहन र सविना दाजु बहिनी हुन् । मृतक उनीहरुकी आमा रहेको प्रहरीले जनाएको छ ।

घोराहीको कटुकीबाट नारायणपुर बजार आउँदै गरेको रा १ ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका-८ वनगाउँमा दुर्घटनामा परेको थियो ।

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - १२:४१:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology