Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गठबन्धनको संयुक्त अपील जारीः सहकार्य, सहयोगको प्रणसहित तालमेल गर्न निर्देशन

गठबन्धनको संयुक्त अपील जारीः सहकार्य, सहयोगको प्रणसहित तालमेल गर्न निर्देशन

दैनिकी न्यूज

२८, चैत्र २०७८
गठबन्धनको संयुक्त अपील जारीः सहकार्य, सहयोगको प्रणसहित तालमेल गर्न निर्देशन
images

काठमाडौं । स्थानिय निर्वाचनको दिन नजिकिँदै जाँदा दलहरु आफ्ना उम्मेदवार छनौटको प्रारम्भीक गृहकार्यमा व्यस्त देखिन्छन् । गठबन्धनले आपसि सहकार्य, सहयोग र स्थान अनुसार गठबन्धनभित्रै तालमेल गर्न निर्देशन दिँदै आज संयुक्त अपील जारी गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको शिर्ष बैठकमा तालमेलको मोडालिटिबारे छलफल गर्दै यस्तो अपील जारी गरिएको हो ।

सत्ता गठबन्धनका पाँच दलका तर्फबाट जारी सामूहिक अपीलमा आपसी सहयोग गर्ने प्रण गरिएको छ । तालमेलका विषयमा स्थानीय स्तरमा देखिएका केही असहजतालाई सम्बोधन गर्दै गठबन्धनले यस्तो प्रणसहितको निर्देशन जारी गरेको हो ।

साथै गठबन्धनले अहिलेपनि संविधानविरोधी र लोकतन्त्र विरोधीहरु सलबलाईरहेको भन्दै प्रतिगामी शक्तिलाई परास्त गर्न झन एकतावद्ध हुनुको विकल्प नभएको स्पष्ट पारेको छ ।

अपिलमा भनिएको छ, लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छ र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं।

अपीलमा नेपाली कांग्रेसका तर्फबाट प्रभानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका तर्फबाट पुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका तर्फबाट सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका तर्फबाट बरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

अपीलमा देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका नेतारकार्यकर्तालाई आह्वान गरिएको छ।

अपीलमा परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको बताउँदै आगामी चुनावीमा सँगै रहने प्रतिवद्धता दोहोर्‍याइएको छ।

ुपाँचदलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाहरुको कठिनाई हटाउदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौुं अपिलमा भनिएको छ।

त्यसैगरी अपीलमा व्यापक जनसहभागितासहित निर्वाचन सफल पार्न र गठबन्धनका उम्मेदवारलाई अमुल्य मत दिएर विजय गराउन आम जनतालाई अपील गरिएको छ ।

हेर्नुस अपील

 

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - १४:२६:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology