Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्से दोहोरो अंकले घट्यो

नेप्से दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

२८, चैत्र २०७८
नेप्से दोहोरो अंकले घट्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४४.६४ अंकले घटेर दुई हजार ४ सय १९ दशमलब ७१ विन्दुमा रोकिएको हो । आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँमा किनबेच भएका छन्।

आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८७० रुपैयाँ पुगेको छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९१.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको ७ करोड २१ लाख, नबिल बैंकको ६ करोड ९२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ८६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ७८ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ६ करोड ११ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ८८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ७५ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ८४ लाख रुपैयाँ र नागरिक लगानी कोषको ४ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - १६:०५:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology