Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रमा एक्लै चुनाव लड्नुपरे केन्द्रको स्वीकृति लिनुपर्ने

माओवादी केन्द्रमा एक्लै चुनाव लड्नुपरे केन्द्रको स्वीकृति लिनुपर्ने

दैनिकी न्यूज

२९, चैत्र २०७८
माओवादी केन्द्रमा एक्लै चुनाव लड्नुपरे केन्द्रको स्वीकृति लिनुपर्ने
images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गठबन्धन विना एक्लै चुनाव लड्नुपरे केन्द्रको स्वीकृति लिन पार्टी पंक्तिलाई निर्देश गरेको छ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै गठबन्धन हुन नसकेको स्थानीय तहमा एक्लै चुनाव लड्नुपर्दा केन्द्रबाट स्वीकृत लिन निर्देशन दिएका हुन्।

सकेसम्म चुनावी तालमेललाई जोड दिँदै माओवादीले त्यस्तो हुन नसक्दा सद्भावपूर्ण ढंगले गठबन्धनमा आबद्ध दलहरुबीच नै प्रतिस्पर्धा गर्नुपर्दा केन्द्रबाट अनुमति लिनुपर्ने नियम माओवादीले बनाएको हो।

त्यस्तै माओवादीले उम्मेदवार सिफारिस गर्दा जिल्लामा एक पालिका प्रमुख महिला र पालिकाको एउटा वडा अध्यक्ष महिला अनिवार्य गर्न भनेको छ।

निर्वाचन आयोगले एउटा पदमा मात्रै उम्मेद्वारी दिने दलले महिलालाई प्राथामिकता दिनुपर्ने बताएका बेला माओवादीले जिल्लामा एउटा पालिका महिलालाई दिन भनेको हो।

आउँदा वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा गठबन्धन बनाएर जाने तयारीमा छन्।

images
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - १३:००:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology