Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा १३ लाख शेयर सूचिकृत

नेप्सेमा १३ लाख शेयर सूचिकृत

दैनिकी न्यूज

२९, चैत्र २०७८
नेप्सेमा १३ लाख शेयर सूचिकृत
images

काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था र इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । इन्फिनीटी लघुवित्तको ८ लाख ९९ हजार ९८ दशमलव १२७ कित्ता र सूर्योदय लघुवित्तको ४ लाख ९६ हजार ८५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि मात्र लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । सूर्योदय लघुवित्तले पुस १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी इन्फिनीटी लघुवित्तले भने पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

images
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - १३:०५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology