Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा ५ दलीय गठबन्धनबीच यस्तो भयो सहमति

ललितपुरमा ५ दलीय गठबन्धनबीच यस्तो भयो सहमति

दैनिकी न्यूज

१, बैशाख २०७९
ललितपुरमा ५ दलीय गठबन्धनबीच यस्तो भयो सहमति
images

ललितपुर । ललितपुरमा ५ दलीय सत्ता गठबन्धनको बैठक बसेको छ । पछिल्ला दिनहरुमा बैठकलाई तीब्र पार्दै आएको गठबन्धनले बुधबार पनि चुनावी तालमेलको विषयमा छलफल गरेको हो ।

बैठकमा गठबन्धनबारे खुल्ला छलफल भएपनि कुनै ठोस सहमति भई नसकेको बैठकमा सहभागी एक नेताले दैनिकीन्युजलाई बताए । यद्यपि बैठक सकरात्मक दिशामा अगाडि बढेको उनको दाबी छ । बुधबार बेलुकी ५ बजे सत्ता गठबन्धनको वैठक नेपाली कांग्रेसको पार्टी कार्यालय नख्खीपोटमा बसेको कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रको सर्कुलर बाचन गरिएको थियो ।

बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको सबै पालिका गठबन्धन जित्ने निष्कर्ष निकालेको सभापति श्रेष्ठको भनाई छ । साथै आफ्नो पार्टीको अन्तर कलहलाई ब्यवस्थापन गर्दै जाने निर्णय पनि बैठकले गरेको छ ।

आगामी बैठक २०७९ वैशाख १ गते ४ बजे नेपाली कांग्रेसको पार्टी कार्यालयमा बस्ने निर्णय गरिएको छ । वैशाख ३ गतेभित्र जिल्लाको गठबन्धनको टुंगो लगाई सिफारिसको लागि प्रदेशमा पठाउने कांग्रेस सभापति श्रेष्ठले बताए ।

ललितपुरमा ६ वटा स्थानीय तह, ७१ वटा वडा रहेको छ । २०७४ सालको स्थानीय तहमा नेपाली कांग्रेसले बागमती गाउँपालिका, गोदावरी नगरपालिका, ललितपुर महानगपालिकामा विजय प्राप्त गरेको थियो । नेकपा एमालेले महांकाल गाउँपालिका र महालक्ष्मी नगरपालिका र माओवादी केन्द्रले कोन्ज्योसोम गाउँपालिकामा विजय हासिल गरेको थियो ।

७१ वटा वडामध्ये नेपाली कांग्रेसले २४ वटा वडा, माओवादी केन्द्रले १२ वटा वडा र नेकपा .(एस) का ६ वटा वडा र एमालेका २९ वडामा विजय भएको थियो । एमालेको जितेका २९ वटा वडाको सम्मानजनक रुपमा वाँडफाँट हुने माओवादी केन्द्रका जिल्ला संयोजक शिव कट्टेलको भनाइ छ ।

माओवादी केन्द्रको १ नगरपालिका र २ गाउँपालिकामा शशक्त दाबी रहेको छ । उता नेकपा (एस) को महालक्ष्मी नगरपालिका मेयर, उपप्रमुख, वडा नं. १, ३, ४, ७, ८, ९ को वडाअध्यक्ष, गोदावरी नगरपालिकाको उपमेयर, वडा नं. २, ३, ४, ५, १०, १२, १३, १४ को वडाअध्यक्ष, बागमती गाउँपालिकाको वडा नं. १ र ६ को वडाअध्यक्ष, कोन्ज्योसोम गाउँपालिकाको वडा नं. २ र ३ को वडा अध्यक्ष, महांकाल गाउँपालिकाको अध्यक्ष, वडा नं. २, ३ र ६ को वडाअध्यक्ष, ललितपुर महानगरको उपमेयर, वडा नं. २, ३, १५, १, ११, १२, १७, १८, १९, २३, २४, २५ वडाको वडाअध्यक्षमा दाबी गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ, सचिव वशिष्ट अधिकारी, माओवादी केन्द्रका जिल्ला संयोजक शिव कट्टेल, सचिव दिपक पुलामी, नेकपा एसबाट जिल्ला अध्यक्ष हरिकृष्ण थापा, जिल्ला सहइन्चार्ज अमृतनाथ तिमल्सिना र जसपाबाट न्हुच्छे महर्जन लगायतका सहभागीता रहेको थियो ।

वैशाख ३० गते हुने निर्वाचनमा ललितपुरमा साना ३१ दल दर्ता भएका छन् । निर्वाचन कार्यालय ललितपुर प्रमुखका अनुसार राष्ट्रिय पार्टी रहेका ६ दल सहित ललितपुरमा ३७ दलले स्थानीय निर्वाचनमा भाग लिनेछन् ।

ललितपुरमा महिला १ लाख २४ हजार ९५० र पुरुष १ लाख १८ हजार ९३३, अन्य एक जना गरी कुल २ लाख ४३ हजार ८८५ मतदाता छन् । अन्यमा रहेका एकजनाले सर्वोच्चमा मुद्दा जितेर महिला बनेकी छन् ।

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - ०९:३३:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology