Logo

आइतवार, श्रावण २४ गते २०८३

images

वैशाख ११ गतेदेखि आईपीओ निष्कासन गर्दै बिन्ध्यबासिनी हाइड्रोपावर

वैशाख ११ गतेदेखि आईपीओ निष्कासन गर्दै बिन्ध्यबासिनी हाइड्रोपावर

दैनिकी न्यूज

२, बैशाख २०७९
वैशाख ११ गतेदेखि आईपीओ निष्कासन गर्दै बिन्ध्यबासिनी हाइड्रोपावर
images

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ११ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्रभित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं। ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ का स्थानीय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा वैशाख २५ गते रहेको छ भने उक्त अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा जेठ ९ गतेसम्म विक्री खुला हुने कम्पनीे बताएको छ ।

उक्त आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । यसका साथै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

images
प्रकाशित मिति :बैशाख २, २०७९ शुक्रवार - १०:१६:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology