Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एमाले नेता माधव पाण्डे माओवादी केन्द्रमा प्रवेश

एमाले नेता माधव पाण्डे माओवादी केन्द्रमा प्रवेश

दैनिकी न्यूज

२, बैशाख २०७९
एमाले नेता माधव पाण्डे माओवादी केन्द्रमा प्रवेश
images

काठमाडौं । नेकपा (एमाले) नुवाकोटका नेता माधवप्रसाद पाण्डे पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनलाई माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे । पाण्डे नेतृत्वमा एक सय कार्यकर्ता प्रवेश गरेको माओवादीले दाबी गरेको छ ।

‘एमालेका अध्यक्ष केपी ओली नुवाकोट गएको भन्ने सुनेँ,’ पाण्डेलाई स्वागत गर्दै प्रचण्डले भने, ‘तर माधव पाण्डेको नेतृत्वमा एमालेका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्नुभयो । यो सुखद संयोग हो ।’

पाण्डे नुवाकोटको बेलकोटगढी १३ का स्थायी बासिन्दा हुन । एमालेमा रहँदा उनले बेलकोटगढी नगरपालिकामा मेयर पदमा दाबी गरेका थिए

madhav pandey.jpg

images
प्रकाशित मिति :बैशाख २, २०७९ शुक्रवार - १८:०९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology