Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आइबार नेप्सेमा ५८ लाख ३२ हजार कित्ता बोनस सेयर सूचिकृत

आइबार नेप्सेमा ५८ लाख ३२ हजार कित्ता बोनस सेयर सूचिकृत

दैनिकी न्यूज

५, बैशाख २०७९
आइबार नेप्सेमा ५८ लाख ३२ हजार कित्ता बोनस सेयर सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीका सवा ५८ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा आइतबार मनकामना स्मार्ट लघुवित्त, छिमेक लघुवित्त र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको ५८ लाख ३२ हजार ३५६ कित्ता बोनस सेयर थपिएको हो। जसमा मनकामना स्मार्टको २ लाख ५ हजार ९५५ कित्ता, छिमेक लघुवित्तको ४९ लाख ४१ हजार कित्ता र श्री इन्भेस्टमेन्टको ६ लाख ८५ हजार ४०१ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

यी कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। गत आर्थिक वर्षका लागि मनकामना स्मार्टले १७ प्रतिशत, छिमेक लघुवित्त २७ प्रतिशत र श्री इन्भेस्टमेन्टले ७।७ प्रतिशत बोनस सेयर वितरण गरेका थिए। 

images
प्रकाशित मिति :बैशाख ५, २०७९ सोमवार - ०७:३६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology